अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२२ | Colorodo: 00:37

सभामुखको उम्मेदवार तय हुने बित्तिकै राजीनामा दिन्छु – उपसभामुख तुम्बाहाङ्फे

बिआरटीनेपाल २०७६ माघ १ गते ६:३९ मा प्रकाशित

उपसभामुख शिवमाया तुम्बाहाङ्फेले सभामुखको उम्मेदवार तय भएको केहि मिनेटमै आफूले पदबाट राजीनामा दिने बताउनुभएको छ । बुधबार बेत्रावतीमा गोसाईंकुण्ड युवा क्लबले आयोजना गरेको गोरु जुधाइ प्रदर्शनीमा उपसभामुख तुम्बाहाङ्फेले सभामुख चयन गर्ने निर्वाचन प्रक्रिया पुरा गरेपछि राजीनामा दिने स्पष्ट पार्नुभएको हो । प्रतिनिधिसभाको जेष्ठ सदस्यले अध्यक्षता गर्ने व्यवस्था गरेर मात्रै राजीनामा दिने तुम्बाहाङफेको भनाइ छ। आफू सभामुख चयनको बाधक नभएको भन्दै उहाँले संविधान अनुसार नै काम गरिरहेको प्रष्ट पार्नुभयो ।

सभामुख पद रिक्त रहेको अवस्थामा प्रतिनिधिसभाको नेतृत्व अहिले उपसभामुखले गरिरहेको उल्लेख गर्दे उहाँले यस्तो अवस्थामा एउटा अर्को कुनै दलले राजीनामा देऊ भनेर निर्देशन दिन नमिल्ने उहाको भनाई थियो । सभामुखमा पदमा आफ्नो पनि दाबेदारी रहेको तुम्बाहाङ्फेले सो अवसरमा पनि दोहोर्याउनुभयो । । आफू दलको सदस्य नभएकाले दलले के गर्छ थाहा नभएको उहाँको तर्क थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू