अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१८ | Colorodo: 22:33

पुरानो संसद भवन भत्काएर नयाँ बनाउन निर्देशन

बिआरटीनेपाल २०७६ पुष २९ गते ७:४३ मा प्रकाशित

संसदको विकास तथा प्रविधि समितिले सिंहदरबार परिसरमा रहेको पुरानो संसद भवन भत्काएर नयाँ बनाउन निर्देशन दिएको छ । समितिको आज बसेको बैठकमा राणकालीन भवन भत्काएर अत्याधुनिक भवन बनाउन निर्देशन दिइएको हो ।

छलफलमा शहरी विकास मन्त्रालय, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण लगायत निकायका प्रतिनिधिहरुको सहभागिता थियो । भूकम्पका कारण क्षतिग्रस्त भवन भत्काउने कि नभत्काउने भन्ने विवाद थियो । समितिका सभापति कल्याणी खड्काले पूरानो संसद भवन बचाएर उपयोग गर्ने सम्भावना कम भएकाले मौलिकता कायम रहने गरी आधुनिक भवन बनाउन निर्देशन दिएको बताउनुभयो ।

मन्त्रालय र पुननिर्माण प्राधिकरण भवन भत्काउनु पर्ने पक्षमा छन् भने पूरातत्व विभाग नभत्काई अहिलेकै स्वरुपमा प्रबलीकरण गर्नुपर्नेमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू