अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३१ | Colorodo: 04:46

प्रचण्ड–नेपाल छलफल सकियो, सभामुखमा पुरानै अडान

बिआरटीनेपाल २०७६ पुष २७ गते ८:१५ मा प्रकाशित

प्रतिनिनिधिसभाको सभामुख उम्मेदवारबारे सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच आइतबार साँझ छलफल भएको छ । प्रधानमन्त्री केपी ओली र अध्यक्ष प्रचण्डको फरक–फरक अडान नेकपाले सभामुखको उम्मेदवार तोक्न सकेको छैन । प्रधानमन्त्री ओलीले सुवास नेम्वाङलाई सभामुख बनाउने प्रयास गरिरहनुभएको छ । अर्का अध्यक्ष प्रचण्ड सभामुख पद पूर्वमाओवादी पक्षमै ल्याउने योजनामा हुनुहुन्छ । अध्यक्ष प्रचण्डले अग्नि सापकोटा वा पम्फा भुसाललाई सभामुख बनाउने योजना बुन्नुभएको छ ।

दुई अध्यक्षले फरक–फरक योजना बनाएपछि सभामुख एकीन गर्न ढिलाई भएको हो । ढिलाई भएपछि वरिष्ठ नेता नेपालले त्यसमा मिलाउने प्रयास गर्दै आउनु भएको छ । वरिष्ठ नेता नेपालले त्यसैको लागि आइतबार साँझ अध्यक्ष प्रचण्डसँग छलफल गर्नुभएको हो ।

अध्यक्ष प्रचण्ड र नेता नेपालबीच नयाँ बानेश्वरस्थित होटल अर्यालमा त्यसबारे करिब २ घण्टा छलफल भएको थियो । सभामुखबारे् दुई नेताबीच लामै छलफल भए पनि निश्कर्ष भने आएको छैन । छलफलमा अध्यक्ष प्रचण्डले पुरानै अडान दोहोर्याउनु भएको स्रोतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू