अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०० | Colorodo: 04:15

नामाकरणपछि वाग्मती प्रदेशको मन्त्रिपरिषद् बैठक, ७ निर्णय

बिआरटीनेपाल २०७६ पुष २७ गते ८:१३ मा प्रकाशित

नाम र राजधानीको टुंगो लागेसँगै पहिलो पटक बसेको वाग्मति प्रदेशको मन्त्रिपरिषदको बैठकले विभिन्न सात वटा निर्णय गरेको छ । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले सात वटा निर्णय गरेको हो ।

बैठकले अन्तर प्रदेश बासिन्दाको सामान सुरक्षा, व्यवहार र सुविधा सम्बन्धमा व्यवस्था गर्न विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति प्रदान गर्ने, आर्थिक बर्ष ०७७–०७८ को लागि संघीय विषेश अनुदान सम्बन्धमा, आर्थिक बर्ष ०७७–०७८ का लागि संघीय समपुरक अनुदान सम्बन्धमा, स्थानीय तहलाई दिइने प्रदेश समपुरक अनुदानको दोस्रो चरणका योजनाहरु स्विकृत गर्ने निर्णय गरेको छ ।

यसैगरी घरेलु तथा साना उद्योग कार्यालय सम्बन्धमा, प्रदेश दुग्ध विकास बोर्ड ऐन, २०७५ लाई संसोधन गर्न बनेको विधेयक स्वीकृत सम्बन्धमा र प्रदेश स्वास्थ्य सेवा नियमावली, २०७६ स्विकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले जानकारी दिनुभयो ।

आइतबार मात्र प्रदेश सभाबाट प्रदेशको नाम वाग्मती र राजधानी हेटौँडा २ तिहाइ मतबाट पारित भएको थियो । स्थायी राजधानी हेटौँडा र वाग्मति प्रदेश नामाकरण भएपछि आइतबार नै प्रदेश मन्त्रिपरिषदको बैठक बसेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू