अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१६ | Colorodo: 23:31

कांग्रेसलाई भ्रष्टाचार र विकृति मुक्त गर्ने अभियान सुरु – नेता पौडेल

बिआरटीनेपाल २०७६ पुष २४ गते ८:४६ मा प्रकाशित

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र ब्याप्त भ्रष्टाचार र विकृति मुक्त गर्ने अभियानमा आफू लागेको बताउनुभएको छ । तनहुँमा बिहीबारबाट सुरु भएको सातौं तनहुँ महोत्सव, २०७६ लाई सम्बोधन गर्दै पौडेलले कांग्रेस पार्टीमा पनि भ्रष्टाचार र विकृति व्याप्त भएकाले यसको अन्त्यका लागि आफूले अभियान चालेको बताउनुभएको हो ।

पार्टीमा अलग–अलग नेताका गठबन्धन, कुर्सीमा जाँदा अलग–अलग नेता, प्रधानमन्त्रीको कुर्सीका लागि तीन तिर हुने तर ठूला ठूला कारोबारको लागि एकै ठाउँमा हुने गठबन्धनलाई तोड्नका लागि सक्रिय रहेको पौडेलको भनाई थियो ।

एक अर्को प्रसंगमा उहाँले संसद बन्धक भएकाले सभामुख चयन हुन नसकेको टिप्पणी गर्नुभयो । प्रदेशपनि बन्धक रहेका र प्रदेशको नाम तोक्न नसकेको उहाँको भनाइ थियो। उहाँले यी सबै काममा कम्युनिष्ट सरकारबाट जनता वाक्क भैसकेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू