अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०२ | Colorodo: 19:17

आफ्नो कार्यकालमा सरकारी अस्पताललाई उदाहरणीय बनाउने स्वास्थ्यमन्त्री ढकालको प्रतिबद्धता

बिआरटीनेपाल २०७६ पुष २२ गते ८:२४ मा प्रकाशित

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सरकारी अस्पतालहरु निकै अस्तव्यस्त अवस्थामा रहेको अवस्थालाई सुधार गर्ने बताउनुभएको छ । कान्ति बाल अस्पतालको ५८ औं बार्षिकोत्सव कार्यक्रममा बोल्दै उहाँले अस्तव्यस्त सरकारी अस्पतालमा वर्षौदेखि रहेका बेथिति क्रमशः अन्त्य गरिदै जाने बताउनुभयो ।

मन्त्री ढकालले सरकारी अस्पतालको उपचारमा पनि कमिशनको खेल भेटिने गरेको भन्दै यसबाट विरामीहरुको विश्वास गुम्दै गएपनि यस्तो स्थिति समाप्त गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सो बवसरमा मन्त्री ढकालले चिकित्सकहरुका लागि स्वेतपत्र जारी गर्दै सो अनुसार सेवा प्रवाह भए नभएको अनुगमन समेत गरिने तैयारी भइरहेको जानकारी गराउनुभयो । आफनो कार्यकालमा सरकारी अस्पतालमा उदाहरणीय काम गरेरै छाड्ने मन्त्री ढकालको प्रतिबद्धता थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू