अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२७ | Colorodo: 21:42

‘भ्रमण वर्षको वहार, नेपाली टोपी उपहार’– सातौं नेपाली टोपी दिवस मनाईयो

बिआरटीनेपाल २०७६ पुष १६ गते ८:१८ मा प्रकाशित

‘भ्रमण वर्षको वहार, नेपाली टोपी उपहार’ भन्ने नाराका जागरुक युवा अभियान नेपालले सातौं नेपाली टोपी दिवस मनाएको छ । अङ्ग्रेजी नयाँ वर्षको दिन माइतीघर मण्डलामा भेला भएर युवायुवतीले गत वर्षझैं ‘टोपी दिवस’ मनाएका हुन् । अङ्ग्रेजी नयाँ वर्ष मनाउने प्रचलन बढिरहेको अभियानले भन्दै २०७० सालदेखि नेपाली मौलिक पोशाक संरक्षणको अभियानका लागि ‘टोपी दिवस’ मनाउन शुरु गरेका हुन् ।

सदियौँदेखि नेपाली पहिचानको रुपमा रहेको दौरा सुरुवाल, टोपी र गुन्यूचोलोलाई तत्कालीन सरकारले राष्ट्रिय पोशाकको सूचीबाट हटाएपछि अभियानले नेपाली टोपी (ढाका टोपी, भाद्गाउँले टोपी)लाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गरियोस् भन्ने मागसहित नेपाली टोपी दिवस मनाउँदै आएको छ ।

राष्ट्रिय पोशाक दौरा सुरुवाल र ढाका टोपीमा सजिएका सहभागीले ढाका टोपीलाई पहिचान दिन माग गर्दै राष्ट्रिय पोसाकको संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू