अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०५ | Colorodo: 10:20

चिसो मौसममा खानैपर्ने यी ५ फलफूल

बिआरटीनेपाल २०७६ पुष ८ गते ८:३३ मा प्रकाशित

फलफूल र तिनीहरुको सेवनका बारेमा नेपाली समाजमा केही भ्रमहरू छन् – जस्तो कि, फलफूल खानेवित्तिकै चिसो लाग्छ । अवश्य पनि चिसोकै कारण न्यूमोनिया लगायतका चिसोजन्य रोग लागेका बिरामी छन् भने तिनलाई चिसो फलफूललाई तातोपानीमा भिजाएर खान सल्लाह दिइन्छ । तर फलफूलमा हुने भिटामिन चिसोजन्य रोगहरूका अत्यावश्यक हुने हुनाले चिसो लाग्छ भनेर फलफूल नखानु चाहीं मुर्खता नै हुन्छ ।

गर्मी याममा जसरी शरीरमा पानी कम हुने त्रासका कारण हामी फलफूल खानु उचित ठान्छौं, त्यस्तै चिसो याममा रुघाखोकी र अन्य चिसोजन्य रोगका विरुद्ध पनि फलफूल खानु एकदमै आवश्यक छ । यहाँ हामी तपाईलाई जाडो मौसममा छुटाउनै नहुने केही फलफूलबारे जानकारी दिने कोशिसमा छौं ।

जाडोमा यी फलफुलद खानुस्–
१. स्याउ – हाम्रो खानाको मुख्य स्रोत एन्टीओक्सीडेन्ट हो । एउटा स्याउमा १५ सय मिनिग्राम भिटामीन सि प्राप्त हुन्छ । भिटामिनले भाईरससँग लड्ने भएकाले चिसो मौसममा पर्याप्त स्याउ खानुहोस् । स्याउले मुटु सम्बन्धी रोग घटाउनुको साथै क्यान्सरबाट बचाउँछ । यो स्याउको मौसम हो, खानुहोस् स्याउ । बच्नुस् रुघाखोकीबाट ।

२. मेवाः मेवाले पनि प्रशस्त मात्रामा भिटामीन सि उपलब्ध गराउँछ । मेवाले सुन्निने रोगहरूमा पनि उत्तिकै लाभ मिल्छ । त्यसैले यो चिसोमा टन्न खानुहोस् मेवा ।

३. अंगुरः अंगुरमा पनि पर्याप्त मात्रामा भिटामीन सि हुन्छ । अंगुरमा कोलस्ट्रोल (चिल्लो) घटाउने अरू तत्वहरू पनि मिसिएको हुन्छ । रातो अंगुर क्यान्सरका विरुद्ध लड्ने महत्त्वपूर्ण स्रोत पनि हो ।

४. केराः केरा भिटामीन बिको महत्त्वपूर्ण स्रोत हो । केराले थकान, अवसाद, तनाव र अनिद्रा हटाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ । केराले हाड बलियो बनाउँछ भने मुटु रोगबाट बचाउँदै उच्च रक्तचापबाट पनि जोगाउँछ । चिसोमा केरा खायो भने झनै चिसो हुन्छ भन्ठान्नुहुन्छ ? त्यो गलत हो । खानुस् केरा, बच्नुस सर्दीबाट ।

५. सखरखण्डः सखरखण्ड भिटामीन ए को महत्त्वपूर्ण स्रोत हो । यसमा भिटामीन इ पनि रहेको पाइन्छ । यसले रक्तकोषहरु मर्नबाट समेत जोगाउँ छ । आलुको भिटामीन इ ले प्रतिरक्षात्मक प्रणालीलाई एकदमै राम्रो बनाउँछ । त्यसैले नेपाली माटो र बजारमा पर्याप्त पाइने सखरखण्ड खाऔं र सर्दीबाट बचौं ।

यसको अलावा अन्य मौसमी फलफुलहरु खानु स्वास्थ्यका लागि राम्रो मानिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू