अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४३ | Colorodo: 01:58

‘सिद्धबाबा’लाई फेरि ७ दिन म्याद थपियो

बिआरटीनेपाल २०७६ मंसिर ३० गते ८:३० मा प्रकाशित

अनुयायी करणीको आरोप लागेका ‘सिद्धबाबा’ भनिने कृष्णदास गिरीलाई सुनसरी जिल्ला अदालतले फेरि ७ दिनको म्याद थप गरेको छ । सोमबार जिल्ला अदालत सुनसरीले थप अनुसन्धानका लागि प्रहरीलाई ७ दिनको म्याद दिएको हो ।

उनी प्रहरीको निगरानीमा अस्पतालमा रहँदै आएका छन् । न्यायाधीश मणिराम न्यौपानेको इजलासले कृष्णदासलाई थप ७ दिन अस्पतालमै निगरानीमा रहनेगरी प्रहरी अनुसन्धानका लागि अनुमति दिएको हो ।

अदालतले यसअघि तीनपटक गरी कृष्णदासलाई १४ दिनको म्याद दिइसकेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी विनोद शर्माका अनुसार अदालतको आदेशबमोजिम तत्कालका लागि कृष्णदासलाई विराटनगरस्थित विराट नर्सिङहोममै फर्काइएको छ । उनलाई त्यहीँबाट अदालत लगिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू