अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०९ | Colorodo: 02:24

नेपाल साहित्य महोत्सव, भारतका अमिताभ बागचीलाई २७ लाख राशिको डिएससी पुरस्कार

बिआरटीनेपाल २०७६ मंसिर ३० गते ८:२० मा प्रकाशित

दक्षिण एसियाली साहित्यकै सर्वोत्कृष्ट एवं गरिमामय डिएससी पुरस्कार अमिताभ बागचीको ‘हाफ द नाइट गन’लाई प्रदान गरिएको छ। आठौँ नेपाल साहित्य महोत्सवमा उक्त पुरस्कार नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले लेखक अमिताभ बागचीलाई प्रदान गर्नुभयो । पुरस्कारको राशी २५ हजार अमेरिकी डलर छ । उक्त पुरस्कार दक्षिण एसियाली समाजको गुणस्तर अभिवृद्धिमा क्रियाशील दक्षिण एसियाली साहित्यिक पुरस्कार गुठीले विगत आठ वर्षदेखि प्रदान गर्दै आएको हो।

मनोनयनमा परेका ६ नोबेलाई उछिन्दै बागचीको उक्त नोबेल छनोटमा परेको डिएससी पुरस्कार जुरी प्रसिद्ध लेखक हरिश त्रिवेदीले बताउनुभयो । अर्वाड पाउन सफल अमिताभ बागची को ‘हाफ द नाइट इज गन’, सहित जामिल जान कोचाईको ‘नाइट्स इन लोगर’, सादिया अब्बासको ‘द इम्टी रुम’, माधुरी विजयको ‘द फार फिल्ड’, राज कमाल झाको ‘द सिटी एण्ड द सी’ र अरुनभा सिन्हाले ट्रान्सलेट गरेको पुस्तक ‘देर इज गन पाउडर इन द इयर’ मनोनयनमा पर्न सफल भएका थिए।

मनोनयनमा पर्न सफल पुस्तकका लेखक माधुरी विजय, सादिया अब्बास समारोहमा उपस्थित हुन सकेनन्। उनीहरुले भिडियो मार्फत पुस्तकको बारेमा संक्षिप्तमा जानकारी गराएका थिए । अन्य सबै लेखक तथा जुरी निर्णायक कार्यक्रममा प्रत्यक्ष सम्बोधन गरेका थिए।

प्रत्येक वर्ष फरकफरक दक्षिण एसियाली देशहरूमा वितरण हुने कार्यक्रम अनुसार यसवर्षको पुरस्कार नेपाल साहित्य महोत्सवबाट घोषणा गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू