अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५१ | Colorodo: 14:06

चिसोबाट कसरी बच्ने ?

बिआरटीनेपाल २०७६ मंसिर २८ गते ०:४९ मा प्रकाशित

पोखरा र काठमाण्डौ उपत्यकासहित देशैभर चिसो बढेको छ । तापक्रम घटेसँगै चिसोका कारण बिरामी हुनेको संख्या पनि बढेको छ । यस्तो बेला शरीरलाई बदलिएको मौसममा घुलमिल हुन गाह्रो हुन्छ । मौसम फेरबदल हुँदा खानपान लगायतका कुरामा ध्यान पुर्याउन सके यसबाट हुने जोखिमबाट बच्न सकिन्छ ।

चिसोले पार्ने असर

शरीरलाई बहिरी वातावरणमा समायोजन हुन गाह्रो हुन्छ ।
पहिलादेखिको रोगीलाई भने झन् धेरै असर गर्छ ।
मुटु तथा हाडजोर्नीको समस्या छ भने बल्झिने हुन्छ ।
युरिक एसिड, दमलगायतका रोग छ भने बल्झिने हुन्छ ।
रुघाखोकी लाग्ने सम्भावना धेरै हुन्छ ।
चिसोका कारण रक्तनली साँघुरिएर रक्त प्रवाहमा असर गर्छ । यसले हृदयाघातको सम्भावना बढेर जान्छ ।

चिसोबाट कसरी बच्ने त ?

न्यानो कपडा लगाउने
घरमा बस्दा पनि न्यानो कपडा लगाउने
आगो ताप्ने ।
यो मौसममा शरीरमा पानी कम हुने भएकाले प्रशस्त मात्रामा तातो पानी पिउने ।
चिसो खानेकुरा सकेसम्म नखाने, तातो खाना खाने ।
धेरै मात्रामा झोलिलो खानेकुरा खाने । धेरै नुनिलो नखाने
पौष्टिक खानेकुरामा जोड दिने ।
बालबालिका तथा वृद्धवृद्धालाई तेल मसाज गरिदिने ।
मर्निङ वाक तथा इभिनिङ वाक नगर्ने ।
समस्या परेमा स्वास्थ्य जाँच गराउने ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू