अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२० | Colorodo: 20:35

असन्तुष्ट नेता पौडेललाई फकाउन कांग्रेस सभापति देउवा बोहोराटारमा

बिआरटीनेपाल २०७६ मंसिर २७ गते २३:४६ मा प्रकाशित

कांग्रेस सभापति शेरबहादुर देउवाले असन्तुष्ट वरिष्ठ नेता रामचन्द्र पौडेललाई फकाउन सक्रियता तीव्र पार्नुभएको छ । सभापति देउवा पौडेललाई फकाउनका लागि शनिबार बोहोराटार जानुभएको हो । देउवा उपसभापति विमलेन्द्र निधिलाई लगेर बोहाराटार पुग्नुभएको थियो ।

वरिष्ठ नेता पौडेल निवास बोहोराटारमा देउवा–पौडेल छलफल भएको छ । कांग्रेसमा विभाग गठन र महाधिवेशनको विषयलाई लिएर संस्थापन पक्ष तथा नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षबिच विवाद बढिरहेका बेला सपभापति देउवाले नेता पौडेललाई विश्वासमा लिन प्रयास गर्नुभएको हो ।

मंसिर २५ गते बुधबार बसेको कांग्रेस केन्द्रीय समिति बैठक नेता पौडेल र सिटौला पक्षले बहिस्कार गरेको थियो । तर पनि संस्थापन पक्षले एकलौटी आधारमा विभागको संख्या २८ बाट ४१ बनाउने निर्णय सो बैठकबाट गरेपछि विवाद थप बढेका बेला देउवाले पौडेललाई फकाउने प्रयास थाल्नुभएको हो । संस्थापन पक्षको निर्णयमा नेता पौडेल र सिटौला पक्षले असहमति जनाएका छन् ।

यस्तै नियमित अवस्था नेपाली कांग्रेसको महाधिवेशन आउँदो फागुनमा हुनु पर्नेमा सभापति देउवाले आफ्नो कार्यकाल एक वर्ष थप गर्ने रणनीति बनाएपछि पौडेल र सिटौला पक्ष रुष्ट छ । कांग्रेसको विधानमा कारण देखाएर केन्द्रीय कार्यसमितिको म्याद एक वर्ष थप्ने सकिने व्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू