अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३९ | Colorodo: 04:54

भारतको ’काउन्टर’ मा सीमा सुरक्षा बल बढाउँछौं – गृहमन्त्री थापा

बिआरटीनेपाल २०७६ मंसिर २७ गते २:१२ मा प्रकाशित

नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापा ’बादल’ ले भारतबाट भइरहेको अतिक्रमण रोक्न सीमाक्षेत्रमा सुरक्षा बल बढाइने बताउनुभएको छ । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सांसदहरुका अनेक प्रश्नको सामना गरेपछि जवाफ दिँदै मन्त्री थापाले सबै सीमा बिन्दुसम्म सडक निर्माणलाई पनि अघि बढाइएको उल्लेख गर्नुभयो ।

भारतको तर्फबाट सीमामा निरन्तर सुरक्षा पोस्ट विस्तार भइरहेको र एसएसबीले सीमा सुरक्षा गरिरहेकोमा सेना पनि राखेको उल्लेख गर्दै उहाँले भारतको ’काउन्टर’मा नेपाली सीमा रक्षा सुरक्षा बल बढाइने बताउनुभयो । गृहमन्त्री थापाले भारत सँगको सीमा १८०० किलोमिटर रहेको उल्लेख गर्दै तर नेपालबाट पर्याप्त सुरक्षाकर्मी राख्न नसकिएको स्वीकार्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू