अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४७ | Colorodo: 19:02

कास्कीमा माटोको ढिस्कोमा पुरिएर पाँच जनाको मृत्यु

बिआरटीनेपाल २०७६ मंसिर १४ गते २२:३३ मा प्रकाशित

कास्कीमा माटोको ढिस्कोमा पुरिएर ५ जनाको ज्यान गएको छ ।पोखरा महानगरपालिका–२० मौजाको विसौनामा  बाटो खन्ने क्रममा माटोको ढिस्कोमा पुरिएर उनीहरुको ज्यान गएको हो ।

मृत्यु हुनेहरुमा सल्यान जिल्ला बागचौर नगरपालिका वडा—४, पेदीखोलाका तोबान बस्नेत, जित बहादुर बस्नेत, जोगेन्द्र बुढाथोकी, खिमलाल ओली र गणेश ओली रहेको पोखरा महानगरपालिका वडा २० का अध्यक्ष सिम गुरुङले जानकारी दिनुभयो ।

सडक निर्माणका क्रममा एक्कासि माथिबाट आएको माटोको ढिस्कोमा पुरिएका कामदारमध्ये पाँच जनाको ज्यान गएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू