अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२५ | Colorodo: 14:40

अंतः प्रज्ञा

दीपा राइ पुन २०७६ मंसिर १ गते २०:५१ मा प्रकाशित

जीवन फुल्नको लागि त
काँडाहरूसँग समर्पित हुनुपर्छ
समयका प्रेमिल चोटहरू
जीवन पाठशालाको
जीवन बुझिलिने
यथार्थ प्रयोगशाला हो
जहाँ आफैलाई अनेक
टुक्रामा भेंटें र जोडे
सग्लो सम्झिएर पनि
फेरी टुक्रै टुक्राको ज्ञप्ति
टुक्रै टुक्राको अनुभूति
जीवन त
जोडिँदै थपिँदै बन्ने
पत्रै पत्रको तह पो रहेछ

आत्मविश्वास बोकेर
खुसीले प्रेम गर्छु
आँखा चिम्लिएर
कण कणमा देख्छु
जीवन हाँसेकै छ
चलेकै छ
मान्छे तिललाई पहाड बनाउँछ
अनि त्यही पहाडको छाँयामा
ओझेल परेर
दुख चिच्याउँछ
अ-चेतनाको भुमरीमा रुमल्लिएर
गुनासो गर्छ
तर
दुख: कहाँ छ ?
सुख कहाँ छ ?
केवल भिन्न भिन्न अनुभूतिका
चाँगहरु मात्र छन्
फरक फरक स्वादमा

आफै भित्र दबिएको खुसीको मूल
आफैले भेट्न नसक्ने
बिचरा हामी कस्तुरी
जीवन जिउन कति सजिलो छ
प्राकृत जीवन
कति सुन्दर छ
त्यही सुन्दरतालाई
परिवेश पिएर आफै
विषाक्त बनाउँछौ
सांसारिक मोहले

त्यो विषाक्त भोक भन्दा पर
तिमी एउटा आत्मा
म एउटा आत्मा
सत्य युगबाट आज सम्म
कैयौँ शरीर फेर्दै आयौ होला
कति संस्कार सिक्दै आयौ होला
यसैले त हामी खण्ड खण्ड
जीवन वृत्तहरूमा टुक्रिरहन्छौ
केही बुझे जस्तो
केही नबुझे जस्तो
विस्मृतिको ब्ल्याक होलबाट
स्मृति सँगाल्न त
आज पनि आत्मालाई
शुद्धीकरण गरिरहनु पर्छ

अन्यथा,
जस्तो छरिन्छ मोहको बीउ
जस्तो रोपिन्छ द्वेषको राग
त्यस्तै फल्दछ स्वयंमा
अनि घट्दै जान्छ आत्मबल
खोसिँदै जान्छ ख़ुशी
रित्तिँदै जान्छ माया

साहसी बन्न त
प्रेम भरी मनले
दुखको लाठी बनेर
अरूको खुसीमा सहारा बन्नु पर्छ
अरूको सुखमा हाँस्न सक्नु पर्छ
अनि मात्र जाग्दछ अंतः प्रज्

प्रतिक्रिया