अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३३ | Colorodo: 20:48

सरकारले सीमा अतिक्रमणमा वास्ता गरेन – सभापति देउवा

बिआरटीनेपाल २०७६ कार्तिक ३० गते ०:२० मा प्रकाशित

नेपाली कांग्रेसका सभापती शेरबहदुर देउवाले भारतसँगको सीमा विवादलाई सरकारले कुनै वास्ता नगरेको बताउनुभएको छ । महाकाली सन्धिमा पनि महाकाली नदीको उद्गमस्थल पूर्वको भूमिलाई नेपाली भूभागका रुपमा व्याख्या गरिएको उहाँले बताउनुभयो । नेपाल प्रेस यूनियन कञ्चनपुरले शनिवार बिहान सदरमुकाम महेन्द्रनगरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सभापति देउवाले कालापानी नेपालको भूभाग भएको दोहोर्याउँदै महाकाली नेपाल–भारतको सीमा नदी भएको जिकिर गर्नुभयो ।

सभापति देउवाले सीमा सम्बन्धी बिबादमा राजनीतिक दलहरु एक ठाउँमा उभिएपनि केपी ओली नेतृत्वको सरकारले बिबाद समाधानका लागि मतलब नै नगरेको भन्दै आक्रोश ब्यक्त गर्नुभयो । उहाँले राष्ट्रवादको नारा दिने ओली सरकारलाई लम्पसारवादको संज्ञा दिनुभयो । उहाँले आफू प्रधानमन्त्री हुँदा अतिक्रमित भूमि फिर्ताका लागि भारतसँग कूटनीतिक पहल गरेको पनि दाबी गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू