अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२४ | Colorodo: 20:39

भारत–नेपाल समस्या ऐतिहासिक तथ्यबाट टुंग्याइने – रक्षामन्त्री पोखरेल

बिआरटीनेपाल २०७६ कार्तिक २९ गते ८:४८ मा प्रकाशित

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले भारतको नक्सामा नेपाली भूमि समावेश गरिएको विषय प्रति सरकार गम्भीर रहेको बताउँदै कुटनीतिक पहलबाट समस्याको समाधान गरिने बताउनुभएको छ । उहाँले ऐतिहासिक तथ्य, प्रमाण तथा अभिलेखका आधारमा समस्याको समाधन गर्न सरकार अग्रसर रहेको उल्लेख गर्नुभयो ।

धनकुटाको छिन्ताङ हत्या काण्डमा मारिएका सहिदको ४१ औं स्मृति दिवसको अवसरमा शुक्रवार छिन्ताङ पुगेका पोखरेलले कालापानी, लिपुलेक लगायतका नेपाली भूमि भारतीय नक्सामा समावेश गरिएको विरोधमा सर्वत्र विरोधको आवाज उठिरहेको बेला मुलुक आफैं सिंगो शक्ति रहेको बताउनुभयो ।समस्या समाधान गर्न कुटनीतिक पहल भइरहेको र राजनीतिक तथा बौद्धिक शक्ति नेपालीका सम्पत्ति भएकोले त्यसैका भरमा वर्तमान समस्याको निकास चाँडै निस्किने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू