अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५० | Colorodo: 23:05

बंगलादेशका राष्ट्रपति हमिद र नेकपा अध्यक्ष प्रचण्डबीच भेटवार्ता

बिआरटीनेपाल २०७६ कार्तिक २७ गते ७:२६ मा प्रकाशित

नेपालको चार दिने भ्रमणमा रहेका बंगलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिद र सत्तारुढ नृकपाका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ । राष्ट्रपति हमिदसँग बुधबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेटवार्ता गर्नुभएको हो ।

राजधानीको नक्सालस्थित होटल मेरियोटमा भएको भेटका अवसरमा दुईपक्षीय सम्बन्ध, आपसी हितका विविध विषयमा छलफल भएको अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा ले जानकारी दिनुभएको छ । सो अवसरमा अध्यक्ष प्रचण्डले नेपालको राजनीतिक परिवर्तनसँगै जनयुध्द, शान्ति प्रक्रिया र सरकारको नेतृत्व गर्ने अवसरले आफूलाई चमात्कारको अनुभूति भएको बताउनुभएको थियो ।

सो अवसरमा राष्ट्रपति हमिदले आफ्नो पहिलो नेपाल भ्रमणको चर्चा गर्दै नेपाल अत्यन्त सुन्दर मुलुक भएको धारणा राख्नुभएको थियो । नेपालको विकास, समृद्धि र नेपाली नागरिकको प्रगतिमा बंगलादेश सधैँ सहकार्य गर्न तयार रहेको बताउँदै राष्ट्रपति हमिदले आफ्नो भ्रमणका क्रममा नेपाल र नेपाली जनताले देखाएको सद्भाव र हार्दिकताप्रति कृतज्ञता जनाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू