अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०८ | Colorodo: 22:23

दरबारमार्गस्थित एक होटलमा भएको सामूहिक बलात्कारको मुख्य दोषी शैलेश कार्कीलाई ५ वर्ष २ महिना कैद सजाय

बिआरटीनेपाल २०७६ कार्तिक २७ गते ७:०६ मा प्रकाशित

दरबारमार्गस्थित एक होटलमा भएको सामुहिक बलत्कारको घटनाको मुख्य दोषी शैलेश कार्कीलाई जिल्ला अदालत काठमाडौंले ५ वर्ष २ महिना कैद सजाय सुनाएको छ । अदालतले सोही घटनामा संग्लन विकास गौतम र दिपक श्रेष्ठलाई १४ महिना कैद सजाय सुनाएको छ । कमल प्रसाद पोखरेलको इजलासले कार्तिक २१ गते उनीहरुलाई उक्त सजाय हुने ठहर गरेको हो ।

बि.सं २०७४ माघमा दरबारमार्गस्थित एक होटलमा भएको सामुहिक बलत्कारको घटना प्रहरी मिलेमतोमा गुपचुप पारिएको थियो। राजनीतिक प्रभाव र आर्थिक प्रलोभनमा पारेर गुपचुप पारिएको यो घटनाबारे संचारमाध्यममा समाचार प्रकाशन भएपछि प्रकरण सतहमा आएको थियो। लगत्तै प्रहरी परिसर काठमाडौंले घटनामा संग्लन प्रहरीका अनुसन्धान अधिकारीहरुमाथी छानविन प्रक्रिया अगाडी बढाएको थियो।

प्रहरीले घटनालाई गुपचुप मिलाउन पीडित परिवार र घटना दबाउन संग्लन प्रहरीलाई समेत पैसा दिने गरी कागजात तयार पार्न तीन लाख रुपैया खर्चिएको तथ्य समेत पत्ता लगाएको थियो। आर्थिक लेनदेनमा घटना मिलाउन दरबारमार्ग वृत्तका मुद्दा शाखाकानिरिक्षक लक्ष्मण सिंह ठकुरीले पीडित युवती, उनका बाबु आमा, युवतीको प्रेमी शैलेश कार्की र उनका बाबुआमा राखेर लिखित कागज नै बनाएका थिए।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू