अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५२ | Colorodo: 18:07

भारतविरुद्ध मसाल जुलुस निकाल्ने नेविसंघका ११ जना पक्राउ

बिआरटीनेपाल २०७६ कार्तिक २४ गते ७:२९ मा प्रकाशित

भारतीय सीमा अतिक्रमणविरुद्ध मसाल जुलुस निकाल्ने नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघका ११ जना पक्राउ परेका छन् । प्रदर्शनीमार्गस्थित नेपाल ल क्याम्पसअगाडि उनीहरुलाई मसाल जुलुस निकालीरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । ल क्याम्पसबाट मसाल जुलुस निकाल्ना साथ प्रहरीले धरपकड गरी जुलुसलाई तितरवितर गरेको थियो ।

सो क्रममा नेविसंघका पूर्व केन्द्रीय सदस्य प्रेमबहादुर शाही, शैलेन्द्र गौडेलसहित विद्यार्थी नेताहरु पंकज सुवेदी, सुरज सेजुवाल, सञ्जिव ढकाल, अनुराग शाह, मनोज बास्तोला, लक्ष्मी सिलवाल, अशोक विष्ट, बलराम ढकाल, शिखर खड्कालाई प्रहरीले पक्राउ गरेको ल क्याम्पस नेविसंघका नेता रोशन घिमिरेले जानकारी दिए । पक्राउ गरिएका सबैलाई नेपाल पुलिस क्लबमा राखिएको छ । भारतीय नक्सामा नेपाली भूमि राखिएको विरोधमा नेविसंघले विरोध गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू