अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०६ | Colorodo: 18:21

युवतीमाथि एसिड प्रहार गर्ने ७ वर्षपछि पक्राउ

बिआरटीनेपाल २०७६ कार्तिक १५ गते ९:२० मा प्रकाशित

युवतीमाथि एसिड प्रहार गरी फरार भएका एक युवकलाई करिव सात वर्षपछि प्रहरीले पक्राउ गरेको छ । आफूले राखेको प्रेम प्रस्ताव अस्विकार गरेपछि २०७० साल वैशाख ९ गते तत्कालिन हेटौंडा–३ (हाल हेटौंडा–२) की २० वर्षीया बिन्दावासिनी कंसाकारको अनुहारमा एसिड प्रहार गरेर फरार भएको अभियुक्तलाई प्रहरी प्रधान कार्यालयबाट खटेको टोलीले पक्राउ गरेर शुक्रबार हेटौंडामा सार्वजनिक गरेको हो ।

हेटौंडा बजारको मुख्य चोकमा रहेको आफ्नै भाडा पसलमा बसिरहेको अवस्थामा कंसाकारलाई भारत महाराजगञ्ज, अमरपूर्वन–६ का राज भन्ने दिलिपराज केशरीले अनुहारमा एसिड प्रहार गरी फरार भएका थिए। प्रहरी विशेष टोलीको सूचना र सहयोगको आधारमा मकवानपुर र बाराबाट खटिएको प्रहरीको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो।

प्रहरी टोलीले बारास्थित जितपुर–सिमरा उपमहानगरपालिका–२३, भलोहीस्थित लुकिछिपी रहेको अवस्थामा बिहीबार राति ९ बजे केशरीलाई पक्राउ गरेको हो। युवतीमाथि एसिड प्रहार गरेर फरार रहेका केशरी पक्राउ परेसँगै प्रहरीले आवश्यक अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ । उनलाई मुलुकी ऐन ज्यान सम्बन्धी महलको १५ नम्बर अनुसार ५ वर्षदेखि १२ वर्षसम्म कैद सजायको माग दाबीसहित मुद्दा चलाउने तयारी प्रहरी तयारी छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू