अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०० | Colorodo: 02:15

गृहमन्त्रालयद्धारा उपनिर्वाचनको सुरक्षा कार्ययोजना तयार

बिआरटीनेपाल २०७६ कार्तिक १५ गते ९:११ मा प्रकाशित

नेपाल सरकार गृह मन्त्रालयले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको सुरक्षा तयारीबारे कार्ययोजना तयार पारेको छ । आज गृह मन्त्रालयमा आज भएको छलफलमा कार्ययोजना बनाईएको हो । बैठकमा गृहमन्त्री रामबहादुर थापा, गृहसचिव प्रेमकुमार राई, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, नेपाली सेनाका रथी गौरब तण्डुललगायत सहभागी थिए ।

सो अवसरमा उपनिर्वाचनका लागि तयार पारिएको केन्द्रीय सुरक्षा कार्ययोजना प्रस्तुतिकरण गरिएको थियो । कार्ययोजनामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीको एकीकृत परिचालनको खाका तयार पारिएको छ । बैठकमा गृहमन्त्री थापाले सुरक्षा कार्ययोजना राम्रो बनेको भन्दै सुरक्षा संवेदनशिलता र विगतका निर्वाचनका अनुभवका आधारमा आवश्यकता अनुसार कार्ययोजनालाई थप परिस्कृत गर्दै लैजान निर्देशन दिनुभयो । उहाँले निर्वाचनलाई स्वच्छ, स्वस्थ, शान्तिपूर्ण र भयरहित वातावरणमा सञ्चालन गर्न आवश्यक सबै तयारी गर्न समेत सुरक्षा निकायलाई निर्देशन दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू