अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३९ | Colorodo: 03:54

युवा बैज्ञानिक स्वदेश फर्कनुपर्छ – उपराष्ट्रपति पुन

बिआरटीनेपाल २०७६ कार्तिक ४ गते ७:४९ मा प्रकाशित

उपराष्ट्रपति नन्दबहादुर पुनले विदेशका अध्ययन र कार्यरत युवा वैज्ञानिकलाई स्वदेश फर्कन आग्रह गर्नुभएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) र राष्ट्रिय युवा परिषद् नेपालको संयुक्त पहलमा आज देखि शुरु भएको तीन दिने अन्तराष्ट्रिय युवा सम्मेलनको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले देशको समृद्धि र विकास गर्न युवा वैज्ञानिकले देशमै रहेर योगदान दिनुपर्ने बताउनुभयो ।

उहाँले नेपाली जनताको उत्थान र आर्थिक उत्पादकत्व वृद्धिमा युवा वैज्ञानिकको भुमिका र योगदान महत्वपूर्ण हुने बताउनुभयो । कार्यक्रममा सम्मेलन सफलताका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले पठाउनुभएको लिखित सन्देश प्रस्तुत गरिएको थियो । प्रधानमन्त्री ओलीले यस आयोजनाले युवा वैज्ञानिकलाई प्रोत्साहन गर्ने उल्लेख गर्नुभयो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विज्ञान र प्रविधि एकअर्कासँग अन्तर सम्बन्धित रहेकाले मुलुकले विज्ञान र प्रविधिविना समृद्धि हासिल गर्न नसक्ने बताउदै युवा वैज्ञानिकलाई स्वदेशमा फर्काएर प्रतिभाको सम्मान गरिने कार्यक्रम रहेको समेत जानकारी गराउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू