अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३० | Colorodo: 01:45

सांसद साहद्वारा जनकपुर विमानस्थल तोडफोड

बिआरटीनेपाल २०७६ असोज २७ गते ८:४२ मा प्रकाशित

राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद प्रमोदकुमार साहले जनकपुर विमानस्थलमा तोडफोड गरेका छन् । सांसद साहले जहाजको उडान ढिलो भएको भन्दै विमानस्थलमा बुद्ध एयरको काउण्टर तोडफोड गरेका हुन् ।

सांसद साहले बिरामीको विषयलाई विमानस्थल तोडफोड गरेका हुन् । स्रोतका अनुसार बुद्ध एयरको जहाज काठमाडौंबाट बिहान ११ – ४० मा जनकपुर आउने र तत्कालै काठमाडौं फर्कने उडान सूची थियो । मृगौलाका बिरामी जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ का ६५ वर्षीय सौखीलाल चौधरी उपचारको लागि काठमाडौ जाने तयारी गदै विमानस्थल आएका थिए ।

निर्धारित समयको डेढ घण्टा बित्दा जहाज नआएपछि ती बिरामी छट्पट्टिए । बिरामी छट्ट्टिएको देखेपछि सांसद साहले आक्रोसित हुँदै बुद्ध एयरको काउन्टर तोड्फोड गरेका हुन् ।

बिरामी छट्पट्टिएपछि सांसद साहले उडान छिटो गर्न सम्बन्धित निकायमा फोन समेत गरे । तर त्यसको सुनुवाई भएन । सांसद साहले त्यसपछि आक्रोसित हुँदै बुद्ध एयरको काउन्टर फुटाएका हुन् । सांसद साहले विमानस्थलमा कर्मचारीको लापरवाहीका कारण बेला बखत त्यस्तो घटना हुने गरेको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू