अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०० | Colorodo: 18:15

अरिङ्गाल खाँदा १० जना बिरामी

बिआरटीनेपाल २०७६ असोज २६ गते १२:०२ मा प्रकाशित

रुकुम अरिङ्गाल खाँदा पुथा उत्तर गङ्गा गाउँपालिका–१२ कोलका १० जना बिरामी परेका छन् । बिरामी पर्नेमा रेश्मा बुढा, नरबहादुर बुढा, आसापुरी बुढा, गङ्गा बुढा, एलीना बुढा, करमाया बुढा, सरेश्मा बुढा, मनपुरी बुढा, मिना बुढा र आभास बुढा रहेका छन् । बिरामी मध्ये आभासको अवस्था गम्भीर रहेको जिल्ला अस्पतालले जनाएको छ ।

शनिवार साँझ जङ्गलबाट ल्याएको अरिङ्गाल भुटेर १२ जनाले खाएका थिए । बिरामीलाई प्राथमिक स्वास्थ्य केन्द्र कोलमा उपचारका लागि भर्ना गरिएको थियो । उनीहरूलाई थप उपचारका लागि जिल्ला अस्पताल रुकुमकोट लगिएको छ । अहिले उनीहरूको स्वास्थ्यमा क्रमिक रूपमा सुधार भइरहेको जिल्ला अस्पताल रुकुम पूर्वका अहेव मदन खड्काले जानकारी दिएका छन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू