अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५१ | Colorodo: 02:06

रोशनी शाहीको दाम्पत्य जीवन तोडियो ! रोशनीका पतिले लेखे यस्तो

बिआरटीनेपाल २०७६ असोज १६ गते ९:२२ मा प्रकाशित

निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि यौन दुर्व्यवहारको आरोप लगाएर पनि आफ्नो बयान फेर्दै महरालाई ‘पिता समान’ भनेकी रोशनी शाहीको दाम्पत्य जीवन टुटेको छ । उनका पति चित्रजंग शाहीले बिहीबार फेसबुकमा रोशनी र आफ्नो हस्ताक्षरसहितको हस्तलिखित विवरणमार्फत दाम्पत्य जीवन तोडिएको जानकारी गराएका हुन् ।

‘हामी २८ वर्षसम्म सँगसँगै दिन बितायौं र समयको गतिसँगै अलग हुने निर्णयमा पुगेका छौं । धन्यवाद शुभचिन्तकहरुमा,’ फेसबुकमा उनले लेखेका छन् ।

चित्रबहादुर र रोशनीको हस्ताक्षर रहेको लिखितपत्रमा भनिएको छ, ‘थुप्रै उतारचढावबीच हाम्रा साथसाथ २८ वर्ष दिनहरु बिते । समयको गतिसँगै असहमति असन्तुष्टि आउँदा रहेछन् । तथापि खुसीसाथ अलग अलग बस्ने निर्णय गरेका छौं । कानुनी प्रक्रियाको निरन्तरताका साथ ।’

रोशनीले गत आइतबार तत्कालिन सभामुख कृष्णबहादुर महरा आफ्नो कोठामा आएर आफूमाथि बलात्कार गरेको आरोप लगाएकी थिइन् । उनको भिडियो अन्तरवार्ता सोमबार सार्वजनिक भएको थियो । सोमबार नै महराले सभामुख पदबाट राजीनामा दिएका थिए । मंगलबार भने रोशनीले बयान फेर्दै अर्को अन्तरवार्ता दिइन्, जसमा महरा आफ्नो पिता समान रहेको उनले बताएकी छिन् । उनले महराबाट आफूलाई दुर्व्यवहार नभएको पनि सो भिडियोमा बताएकी छिन् ।

एक्कासी चित्रजंगले बिहीबार रोशनीसँगको दाम्पत्य जीवन अन्त्य भएको जानकारी दिएका हुन् । उनीहरुबीचको दाम्पत्य जीवन अन्त्य हुनुमा महरा संलग्न भनिएको यौन दुर्व्यवहार काण्ड नै प्रमुख कारक मानिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू