अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०९ | Colorodo: 20:24

यी हुन् सभामुख महरालाइ यौन दुर्व्यवहारकाे आरोप लगाउने महिला रोशनी शाही

बिआरटीनेपाल २०७६ असोज १४ गते ११:३० मा प्रकाशित

संसद सचिवालयमा कार्यरत महिला कर्मचारीले प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरालाई यौन दुर्व्यवहारकाे आरोप लगाइन् । त्यही आरोपको कारण महराको सर्वत्र आलोचना भयो । सभामुख महरामाथि लागेको यौन दुव्र्यवहार आरोपले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवासदेखि सत्ता रुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा ठूलै तरङ्ग ल्यायो ।

त्यही बिषयमा प्रधानमन्त्री केपी ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहालबीच बिहान लामो छलफल भयो । नेकपाको सचिवालय बैठक बस्यो । नेकपा सचिवालयले महरालाई सभामुख र सांसद पद छोड्न सुझाव दियाे । त्यसपछि सभामुख महराले अपरान्ह छानविनको लागि भन्दै सभामुख पदबाट राजीनामा दिनुभएको छ ।

ती कर्मचारी को हुन् ? अहिले सर्वत्र चासोको बिषय बनेको छ । ती महिला हुन् रोशनी शाही । उनी स्वास्थ्य मन्त्रालयकी कर्मचारी हुन् । संसद सचिवालयमा स्वास्थ्य मन्त्रालयको युनिट छ । शाही संसदको त्यही युनिटमा  कार्यरत छिन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू