अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३४ | Colorodo: 02:49

नायिका केकी अधिकारी चढेको गाडी दुर्घटना

बिआरटीनेपाल २०७६ असोज ५ गते ९:५७ मा प्रकाशित

नायिका केकी अधिकारीसहित कलाकारहरू चढेको गाडी दुर्घटना भएको छ । दुर्घटनामा परेका सबै सकुशल छन् । आफुहरु दुर्घटनामा परेको चलचित्र निर्देशक पुर्णेन्दु झाले फेसबूकमार्फत जानकारी दिनुभएको छ ।

“हिजो राति करीब २ बजेर ५ मिनेट जाँदा रौतहट जिल्लाको कटहरिया नपामा हामी सवार स्कोर्पियो गाडी दुर्घटना भयो तर हामी सम्पूर्ण टीमलाई सामान्य चोटपटक बाहेक केही पनि भएन । आमाबुबाको आशीर्वाद र भगवानको कृपाले हामी सबै सुरक्षित छौं । दुर्घटनापछिको तस्वीरमा हामी ।” तस्वीरसहित उहाँले लख्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू