अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२१ | Colorodo: 03:36

चौथौँ मिसिगन भलिबल तुफान कप कोलोराडो टिमलाई

बिआरटीनेपाल २०७६ असोज ४ गते १८:४४ मा प्रकाशित

आज डिट्रोइटमा भएको फाइनल खेलमा कोलोराडो भलिबल ग्रुपले बाजी मारेको छ । कोलोराडो ग्रुपले मीनीसोटा टिमसँग बेस्टअफ फाईभमा ३/१ ले विजयी भएको छ ।

मिनिसोटा टिम ए लिग गेममा पहिलो स्थान सहित सेमिफाइनल पुगेको सेमिफाइनलमा क्यानडा टोरन्टोको टिमलाई बेस्ट अफ थ्रीमा सिधा लगातार दुई सेट जिती फाइनल पुगेको थियो । कोलोराडोले पहिलो पटक भलिबलमा ईन्टरस्टेट टुर्नामेन्ट जीतेको छ । कोलोराडो टिम आर सी पन्तको संयोजकत्व र सुमन केसीको कप्तानीमा खेलाडीहरू मैदानमा उत्रेको थियो ।

यस टिममा जम्मा नौ जना खेलाडी सामेल भएका थिए जसमा लेक उड सिकारी, कोलोराडो गोर्खाली र अरोरा युवा कल्वका खेलाडी समाबेस थिए ।  टिम क्याप्टेनमा सुमन केसी थिए भने अन्य खेलाडीहरूमा प्रकाश पौडेल, हरीस खत्री, प्रेम कार्की, रमेश कार्की, गणेश पौडेल, टेक कार्की, जौ गुरुङ थिए । जीतसँगै कोलोराडो टिमले टफी, मेडल, प्रमाण पत्र र नगद $ २५०० हात पार्न सफल भएको छ ।

मिसिगन तुफानको आयोजनामा संचालन भएको सो प्रतियोगितामा मिनेसोटा ए, मिनेसोटा बि, कोलोराडो टिम, ग्राण्ड र्यापिड्स, क्यानाडा टोरोन्टो टिम, मिचिगन ए, मिचिगन बि र विस्कोन्सिन टिम गरी कूल आठ टिमको सहभागिता रहेको थियो ।

प्रतिक्रिया