अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१९ | Colorodo: 18:34

समाजवादी पार्टीले संविधान दिवस दीपावली गरी नमनाउने, विरोध पनि नगर्ने

बिआरटीनेपाल २०७६ भदौ ३० गते ८:१२ मा प्रकाशित

समाजवादी पार्टीले संविधान जारी भएको दिन आगामी असोज ३ गते खुशीयालीका रुपमा दिपावली नमनाउने र विरोध पनि नजनाउने भएको छ । पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले संविधान दिवसका दिन कुनै पनि कार्यक्रममा पार्टीको सहभागिता नरहने निर्णय गरेको हो ।

पार्टीले संविधान जारी भएको दिन ‘संविधान संशोधनको अपरिहार्यता र आवश्यकता’ विषयमा सात वटै प्रदेश राजधानीमा अन्तरक्रियात्मक कार्यक्रम गर्ने जनाएको छ ।

संविधान जारी भएको दिनका सन्दर्भमा खुशीयाली नमनाउने र विरोध पनि नगर्नुका साथै संविधान संशोधनबारे अन्तक्रियात्मक कार्यक्रम आयोजना गरिने समाजवादी पार्टीका प्रचार विभाग प्रमुख प्रशान्त सिंहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू