अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२५ | Colorodo: 21:40

गणेश रसिकका सम्पूर्ण पुस्तकको “पेरुङ्गो संस्करण“ सार्वजनिक

बिआरटीनेपाल २०७६ भदौ २८ गते ७:३३ मा प्रकाशित

गायक गणेश रसिकका पुस्तकहरुको संस्करण पेरुङ्गो सार्वजनिक भएको छ । प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा भैरव थापा, उर्मिला श्रेष्ठ, केदारभक्त माथेमा, रायन र रसिकले पुस्तक सार्वजनिक गर्नुभयो । पेरुङ्गोमा छपक्कै मनमा बसेकाहरु (व्यक्ति संस्मरण) र ताराभन्दा सपना धेरै (गीत संग्रह) नयाँ कृति रहेका छन् भने दशगजमा उभिएर, मुनिया र उसको छोरो र आकाशगंगाका ओतमुनीलाई सांग्रिला बुक्सले पूनः प्रकाशन गरेको छ ।

पुस्तक सार्वजनिक समारोहमा बोल्दै कवि प्रणिका कोयूले रसिकका गीतहरुले उचित न्याय नपाएको बताउनुभयो । अल्प जानकारी र पूर्वाग्रही सोचले रसिकले लेखेका गीत अरुका नाममा छापामा आउँदा त्यसले ननिको लागेको उहाको भनाई थियो । कार्यक्रममा लेकाली समूहका सदस्य हिरण्य भोजपुरेले आफ्ना र रसिकका असमानताका वावजुद एक अर्कालाई सदैव सहयोग गरेको स्मरण गर्नुभयो ।

समालोचक तथा कवि डा. गीत त्रिपाठीले ‘छपक्कै मनमा बसेकाहरु’ मा रक्सि र चुरोटको पुरुष सर्जकसँगको समाजशास्त्रीय सन्दर्भ बुझ्न निकै महत्वपूर्ण कृति भएको बताउनुभयो । धेरैजसो पुरुष सर्जकहरु रक्सी र चुरोटको लतमा डुबेर अकालमै मृत्यू भएकोले कृतिले त्यो पक्षमा पनि पाठकको ध्यान आकृष्ट गर्ने उहाँको कथन थियो । प्राध्यापक केदारभक्त माथेमाले ‘दशगजामा उभिएर’ कृतिमा रसिकको सरलताले आफूलाई छोएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू