अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५० | Colorodo: 18:05

जनताको मन जित्न नेता कार्यकर्तालाई सभापति देउवाको निर्देशन

बिआरटीनेपाल २०७६ भदौ २६ गते १०:४८ मा प्रकाशित

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जनताको मन जित्ने गरी काम गर्न पार्टीका नेता, कार्यकर्ताहरूलाई निर्देशन दिनुभएको छ । काँग्रेस धरान उपमहानगर कमिटीको नगर सभा उद्घाटनमा सम्बोधन गर्दै देउवाले जनता सर्वशक्तिमान् भएकाले मन जित्ने गरी काम गर्न आफ्ना नेता, कार्यकर्तालाई निर्देशन दिनुभएको हो । यसको लागि जनताको घर घरमा पुग्नुपर्ने उहाँले बताउनुभयो ।

धरानमा आगामी मङ्सिर १४ गते नगर प्रमुख र वडा नं ७ को वडा अध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ। उक्त निर्वाचन जित्नका लागि नै काँग्रेसले जनताको मन जित्नुपर्ने सभापति देउवाको भनाइ थियो। वर्तमान सरकारले लोकतन्त्रको मर्म, मूल्य र मान्यता खोस्ने प्रयास गरिरहेको भन्दै देउवाले त्यस विरुद्ध काँग्रेसले डटेर सामना गर्ने बताउनुभयो । नेपाली जनताले लडेर ल्याएको प्रजातान्त्रिक अधिकारमाथि नै वर्तमान सरकारले प्रहार गरिरहेको र काँग्रेस हेरेर बस्न नसक्ने देउवाको भनाइ थियो।  

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू