अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०१ | Colorodo: 01:16

नेकपा महासचिव विप्लवका छोरा प्रकाश चन्द पक्राउ

बिआरटीनेपाल २०७६ भदौ २५ गते ९:३६ मा प्रकाशित

प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाश चन्द पक्राउ परेका छन् । चितवन मेडिकल कलेज परिसरबाटै उनलाई पक्राउ गरिएको चितवन प्रहरीले जानकारी दिएको छ । चितवन मेडिकल कलेजमा जारी आन्दोलनका क्रममा उनलाई पक्राउ गरिएको प्रहरीको भनाई छ ।

चन्दसँग अन्य १५ जना विद्यार्थीहरु पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । केही दिनदेखि चितवन मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलनरत रहेका छन् । जिल्ला प्रहरी कार्यालयका एसपी दानबहादुर मल्लका अनुसार आन्दोलनका क्रममा कलेजमा अवरोध गर्नका साथै उग्ररुपमा प्रस्तुत भएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू