अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०६ | Colorodo: 03:21

गगन थापाको प्रधानमन्त्रीलाई आग्रह – “बा धपेडी नगर्नु, आराम गर्नुस्”

बिआरटीनेपाल २०७६ भदौ १८ गते ८:१९ मा प्रकाशित

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी ओलीलाई विश्राम लिन आग्रह गर्नुभएको छ । सांसद थापाले प्रतिनिनिधिसभाको बुधबारको बैठकमा प्रधानमन्त्रीले अस्वस्थताका कारण राजनीतिबाट विश्राम लिनुपर्ने बताउनुभयो ।

‘मैले धेरै पटक नेपाल कम्युनिष्ट पार्टीका युवा सांसदहरुले प्रधानमन्त्रीलाई बा भनेर सम्बोधन गर्ने गरेको सुनेको छु, प्रधानमन्त्री हाम्रो पनि बा सरह हुनुहुन्छ’ उहाँले भन्नुभयो, ‘हामी हाम्रो बा बिरामी हुनुभएको भए के भन्थ्यौं ? बा धपेडी नगर्नुहोस् । बा आराम गर्नुहोस् । बा विश्राम लिनुहोस् । हामी हाम्रो बालाई यसो भन्छौं । तर प्रधानमन्त्री बालाई त्यसो भन्न किन सक्दैनौं ? त्यसकारण प्रधानमन्त्रीज्यूले अब विश्राम लिनु उचित हुन्छ ।’

सांसद थापाले अस्वस्थताका कारण प्रधानमन्त्रीले अब लगातार काम गर्न नसक्ने उल्लेख गर्नुभयो , ‘कार्यकारीणी प्रमुख एकै पटक लामो समयसम्म देश बाहिर बस्दा एकातिर राष्ट्रिय सुरक्षा, कुटनीतिक मर्यादा जोखिमको प्रश्न त छँदैछ’, उहाँले भन्नुभयो, ‘प्रत्येक २ ÷३ महिनामा १० र१२ दिन विदेश गएर टेलिप्रिजेन्समार्फत मन्त्रीसँग ब्रिफिङ लिएर देश चलाउने शासकीय जिम्मेवारी पूरा हुन सक्दैन ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू