अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२२ | Colorodo: 05:37

सुर्खेतमा गाई भीरबाट खसालिए, २० वटा मरे

बिआरटीनेपाल २०७६ भदौ १३ गते ९:४३ मा प्रकाशित

नेपालगञ्जबाट दैलेख लैजान लागिएका गाई भीरबाट खसालेर मारेको पाइएको छ । सुर्खेत, वीरेन्द्रनगर नगरपालिकाको कटुवा जंगलको ठाडो भीरबाट गाई खसालिएको र खसालिएकामध्ये २० वटा गाई मृत फेला परेका छन् । मारिनेमा बढी बाछाबाछी छन् ।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलका अनुसार कसले के प्रयोजनका लागि गाई भीरबाट खसालेको खुल्न नसकेको बताउनुभयो । उहाँका अनुसार कटुवा जंगलमा गाई मारिएको खबर आएलगत्तै प्रहरी परिचालन गरेर गाई लैजानेको खोजी भइरहेको छ ।

कर्णाली प्रदेशका डीआईजी पूर्णचन्द्र जोशीले रातिको समयमा गाई भीरबाट खसालिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिनुभएको छ । उहाँका अनुसार गाई ओसार्न प्रयोग भएका पाँचवटा ट्रिपर अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ ।

भीरबाट खसालेका गाईहरू गम्भीर घाइते पनि छन् । ती गाईलार्ई सुर्खेतकै भेटनरी डक्टरहरूले उपचार गराइरहेका छन् । सबै गाईको कानमा ट्याग लगाइएको छ । जोशीका अनुसार नेपालगञ्जबाट गाई ल्याइएको हुन सक्ने अनुमान गरिएको छ । नेपालगञ्जको काञ्जी पार्कमा छाडा चौपाया संरक्षण गृहसमेत रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू