अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०५ | Colorodo: 05:20

उपनिर्वाचन बहिष्कार गर्ने वैद्यको घोषणा

बिआरटीनेपाल २०७६ भदौ १३ गते ९:३४ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले आगामी उपनिर्वाचन बहिष्कार गर्ने घोषणा गर्नुभएको छ । क्रान्तिकारी पत्रकार महासंघ रुपन्देहीले शुक्रबार आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष वैद्यले आगामी मंसिर १४ गते ५० स्थानमा हुने उपनिर्वाचन बहिष्कार गर्ने निर्णय आफ्नो पार्टीले गरेको जानकारी दिनुभयो । आवश्यकताअनुसार निर्वाचनलाई उपयोग गर्न सकिने नीति भए पनि यो सरकार जनताबाट नांगिदै गएकाले भण्डाफोर गर्नका निम्ति निर्वाचनको उपयोगभन्दा बहिस्कार नै उपउयुक्त हुने उहाँको भनाइ थियो ।

महासचिव बैद्यले सरकारमा बसेका पार्टीहरुले कम्युनिष्टको बदनाम गरिरहेको आरोप पनि लगाउनुभएको छ । जनतामा भ्रम छर्ने काम भएको भन्दै उहाँले यो कम्युनिष्टको सरकार नभएको पनि ठहर गर्नुभयो । सरकार जताजता हावा चल्छ, त्यतै बग्ने गरेको आरोप लगाउँदै बैद्यले जनताको समस्याहरुको समाधान गर्न यो सरकारले नसक्ने दावीसमेत गर्नुभयो । विप्लव समूहलाइ दमन गर्ने सरकारको नीति गलत भएको भन्दै उल्लेख गर्नुभएका महासचिव बैद्यले विप्लवको कार्यदिशा पनि गलत नै रहेको ठहर गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू