अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०७ | Colorodo: 19:22

भ्रमण बर्ष सफल बनाउनु अहिलेको प्रमुख चूनौति– मन्त्री भट्टराई

बिआरटीनेपाल २०७६ भदौ १२ गते ९:५३ मा प्रकाशित

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भ्रमण वर्ष सफल बनाउनु अहिलेको चुनौती रहेको बताउनुभएको छ । बिहीबार चितवनको भरतपुर विमानस्थलमा सन्चारकर्मीहरुसित कुरा गर्दै मन्त्री भट्टराईले सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउन चुनौती रहेको तर त्यो पूरा गर्न सकिने बताउनुभयो ।

अहिले वार्षिक करिब १५ लाख पर्यटक नेपाल आइरहेकाले पाँच लाख पर्यटकको संख्या वृद्धि गर्नुपर्ने भएको भन्दै पूर्वाधार निर्माण र प्रचार–प्रसारमा जोड दिएर लक्ष्य पूरा गर्न सकिने मन्त्री भट्टराईको दावी थियो । अर्काे एक प्रसंगमा मन्त्री भट्टराईले ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई भाडादरमा ५० प्रतिशत छुट दिने विषयमा निजी विमान कम्पनीहरुले आनाकानी गर्न नहुने बताउनुभयो ।

विमान कम्पनीहरुले नै सामाजिक उत्तरदायित्वअन्तर्गत् यो घोषणा गर्ने अपेक्षा आफूले गरेको बताउँदै उहाँले धर्म र पापको पनि ख्याल गर्न आग्रह गर्नुभयो । ज्येष्ठ नागरिकलाई सम्मान गर्नु राज्य र निजी क्षेत्र सबैको दायित्व भएकोमा उहाँको जोड थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू