अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१४ | Colorodo: 23:29

भीडले कानुन नियन्त्रण गर्न खोजे क्षम्य हुँदैन – सञ्चारमन्त्री बाँस्कोटा

बिआरटीनेपाल २०७६ भदौ ८ गते १०:०९ मा प्रकाशित

सञ्चारमन्त्री गोकुल बाँस्कोटाले भीडले कानुन नियन्त्रण गर्न खोजे त्यो गतिबिधी सरकारलाई क्षम्य नहुने बताउनुभएको छ । प्रेस सेन्टरले आज बुटवलमा आयोजना गरेको कार्यक्रममा मन्त्री बास्कोटाले सो कुरा बताउनुभएको हो । जनताप्रति जवाफदेही भएर हुने पत्रकारितालाई सबैतिरबाट सम्मान हुने उहाँको भनाई थियो । संसदमा दर्ता भएको मिडिया विधेयक छिटै पारित हुने पनि मन्त्री बाँस्कोटाले बताउनुभयो ।

मन्त्री बास्कोटाले विधेयकलाई तलमाथि गर्न नसकिने पनि स्पष्ट पार्नुभयो । मिडियाको दुरुपयोग भइरहेकाले नयाँ परिस्थितिअनुसार कानुनहरु आइरहने र दुरुपयोग गर्नेलाई दण्डित गरिने उहाको भनाइ थियो । सामाजिक सञ्जाललाई पनि नियन्त्रण गर्न जरुरी भइसकेको मन्त्री बाँस्कोटाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू