अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३९ | Colorodo: 03:54

वरिष्ठ कलाकार सुभद्रा अधिकारीको निधन

बिआरटीनेपाल २०७६ साउन ३२ गते ९:४८ मा प्रकाशित

वरिष्ठ कलाकार सुभद्रा अधिकारीको निधन भएको छ । थुप्रै चर्चित नेपाली चलचित्रहरुमा अभिनय गरेकी अधिकारीको शनिबार निधन भएको हो । विक्रम सम्वत् २००३ सालमा काठमाडौँको असनमा जन्मनुभएकी अधिकारीले कलाकारितामा नै आफ्नो जीवन अर्पण गर्नुभएको थियो ।

उहाँले पाँच वर्षको उमेरमै सरस्वती सदन (क्याम्पस) मा शास्त्रीय नृत्य गर्नुभएको थियो । ६ वर्षको उमेरमा नेवारी नाटक ‘कचिमचा’ (काँचो माटो) बाट अधिकारीको अभिनय यात्रा सुरु भएको थियो । उहाँका श्रीमान् नाट्य कलाकार कृष्ण अधिकारीको यसअघि नै निधन भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू