अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:११ | Colorodo: 18:26

पूर्वराजा पुरानो व्यवस्था फेरि फर्काउने सपना देखेर सलबलाउन थाले – नेकपा नेता नेपाल

बिआरटीनेपाल २०७६ साउन ३२ गते ९:२७ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी विधानविपरीत चल्न थालेको भन्दै आलोचना गर्नुभएको छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गन्डकी प्रदेश कमिटीको प्रथम अधिवेशनको शनिबार पोखरामा उद्घाटन गर्दै नेता नेपालले पार्टी चलाउनका लागि विधि र पद्धति निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

एकीकरण टुंग्याउने नाममा जथाभावी कमिटी गठन गरे समस्या निम्तने उल्लेख गर्दै नेता नेपालले यस्तो कामले कार्यकर्तालाई निराश बनाउने बताउनुभयो । नेता नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहले पुरानो व्यवस्था फेरि फर्काउने सपना देखेर सलबलाउन थालेको भन्दै सजग बन्नसमेत आग्रह गर्नुभएको छ । नेपालको राजनीतिक आन्दोलनमा मजदुरहरुको ठूलो योगदान रहेको पनि नेता नेपालको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू