अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५२ | Colorodo: 17:07

“समाजवादी पाटी हात्तीछाप चप्पल होइन, स्वस्थ्य हात्ती हो ”– अध्यक्ष भट्टराई

बिआरटीनेपाल २०७६ साउन ३१ गते ७:३२ मा प्रकाशित

समाजवादी पाटीका केन्द्रीय कमिटीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले समाजवादी पाटी हात्तीछाप चप्पल नभएको बताउनुभएको छ । पोखरामा शुक्रबार आयोजित पार्टी समायोजन तथा सपथ ग्रहण कार्यक्रममा पूर्व प्रधानमन्त्री भट्टराईले समाजवादी पार्टी स्वस्थ्य हात्ती जस्तै बलियो रहेको दावी गर्नुभयो ।

पूर्व प्रधानमन्त्री भट्टराईले सरकार भ्रष्टाचारमा लागेको बताउँदै दुई तिहाईको सरकारले अन्तर्राष्ट्रिय स्तरमै लज्जित बनाएको बताउनुभयो । डा. भट्टराईले ठुला माछालाई छाडेर साना माछालाई समाएर तर्साएर अत्महत्या गर्न बाध्य पारिँदै गरेको पनि उल्लेख गर्नुभयो । नेपाल कम्युनिष्ट पाटी र नेपाली कांग्रेस कोकाकोला र पेप्सी जस्ता ब्राण्ड मात्रै रहेको तर स्वाद एउटै भएकोले शुसासन र समृद्धि समाजवादी पार्टीबाट मात्र सम्भव भएको धारणा राख्नुभयो । भ्रष्टाचार र कमिसनतन्त्र अन्त्य गर्न सके मात्र देश समृद्धिको यात्रामा जान सक्ने बताउँदै समाजवादी पार्टीबाट मात्र त्यो सम्भव रहेको उहाको भनाई थियो ।

समाजवादी पाटीका केन्द्रीय कमिटीका अध्यक्ष तथा स्वस्थ्य मन्त्री उपेन्द्र यादवले सरकारले संविधान संसोधन नगर्ने र जवरजस्ती यथास्थितीमा मुलुकलाई राख्ने हो भने आफ्नो पार्टी सरकारमा रही रहनुको अर्थ नहुने बताउनुभयो । आफ्नो पार्टीले भन्दै आए अनुसार सरकारले संविधान संसोधन नगरे सडक र संसदबाट संघर्ष गर्ने उहाको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू