अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२९ | Colorodo: 18:44

अमेरिकी दूतावासले “रिभ्यु” पछि क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दियो

बिआरटीनेपाल २०७६ साउन २८ गते ९:३४ मा प्रकाशित

नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा अस्वीकृत गरेको तीन घन्टापछि बोलाएर फेरि भिसा दिएको छ । क्रिकेटर लामिछानेलाई अमेरिकी दूतावासले मंगलबार बिहान भिसा दिएको थिएन । त्यसपछि लामिछानेले आश्चर्यमा परेको भन्दै प्रधानमन्त्री तथा परराष्ट्र मन्त्रीलाई मेन्सन गरेर ट्वीट गर्नुभएको थियो ।

दूतावासले लामिछानेलाई बिहान साढे ११ बजेतिर भिसा सम्बन्धी निर्णय ‘रिभ्यू’ गर्नका लागि भन्दै पुनः बोलाएको थियो । ‘रिभ्यू’ पछि दूतावासले उहाँलाई भिसा दिएको हो । लामिछाने अमेरिकामा हुने क्रिकेट प्रतिस्पर्धामा सहभागी हुनका लागि अमेरिका जाने तयारीमा हुनुहुन्छ ।

बिहान पहिलो पटकको अन्तर्वार्तामा भिसा नपाएपछि सन्दीपले आफूले सबै कागजात पूरा गर्दा पनि भिसा नपाएको बताउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू