अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०७ | Colorodo: 16:22

पर्यटन व्यवसायीको पुस्तक “यात्राका पाइला” लोकार्पण

बिआरटीनेपाल २०७६ साउन २७ गते २२:५३ मा प्रकाशित

पर्यटन व्यवसायी तथा नियात्राकार राजेन्द्रमान डङ्गोलको नियात्रा कृति ‘यात्राका पाइला’ शुक्रवार नेपाल प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमका बिच सार्वजनिक भएको छ । लामो समयदेखि पर्यटन व्यवसायमा रहेका डङ्गोलले आरोही एवम साहसिक पदयात्री प्रति उक्त पुस्तक समर्पण गरेका छन् ।

लोकार्पण समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि संस्कृतिविद् तुलसी दिवसले हरेक लेखक लेखनमा स्वतन्त्र भएको र लेख्न पाउनुपर्ने दाबी गरे । दिवसले भने-‘ जीवन यात्रा त कति बेला वा कहाँ टुङ्गिन्छ ठेगान हुन्न तर स्रष्टा सदासर्वदा गतिशील भइरहनुपर्छ । यात्रामा मानवीय संवेदनालाई बडो राम्ररी पर्गेल्न सक्नुपर्छ ।

कार्यक्रममा श्रीहरि फुयाँल, युवराज नयाँघरे, राम लोहनी,आरएम डङ्गोल, माया ठकुरी, भीष्म उप्रेती तथा पर्यटन व्यवसायी दीपक महत र कर्ण शाक्य लगायतले डङ्गोल कृतिमाथि आ–आफ्नो बिचार राखेका थिए । लक्ष्मी रूम्बाले कार्यक्रम सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता त्रिशूली वाङ्मय प्रतिष्ठानका अध्यक्ष श्रीहरि फुयाँलले गरेका थिए । कार्यक्रममा सम्पूर्ण उपस्थित पाहुनाहरूलाई आर एम डङ्गोलले स्वागत गरे भने भैरवी भूगोलले धन्यवाद ज्ञापन गरेकी थिइन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू