अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४३ | Colorodo: 23:58

मन्त्री विष्टद्वारा सचिवसँग कार्यसम्पादन सम्झौता

बिआरटीनेपाल २०७६ साउन २२ गते ९:४३ मा प्रकाशित

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मन्त्रालयका सचिव महेशप्रसाद दहालसँग कार्य सम्पादन सम्झौता गर्नुभएको छ । मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा उनीहरूले कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । त्यस्तै सचिव दाहालले पनि मन्त्रालयका विभिन्न महाशाखा प्रमुख एवं सहसचिव, विभागका महानिर्देशकसँग कार्यसम्पादन सम्झौता गर्नुभएको थियो ।

यसैगरी, सहसचिवले आआफ्नो महाशाखाका उपसचिवसँग सरकारले लिएको लक्ष्य समयसीमाभित्रै हासिल गर्न चाल्नु पर्ने कदम र निर्धारित कार्यतालिकासहितको कार्यसम्पादन सम्झौता गर्नुभएको थियो । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले श्रममन्त्री विष्टलगायत मन्त्रिपरिषद्का सदस्यसँग कार्यसम्पादन सम्झौता गर्नुभएको थियो ।

कार्यक्रममा मन्त्री विष्टले कार्यसम्पादन सम्झौताले कामप्रति सजग र समयसीमा भित्रै कर्तव्य पालनामा सघाउ पुर्याउने बताउनुभयो । सो अवसरमा मन्त्रालयका उच्चअधिकारीले सरकारले लिएको लक्ष्य हासिल गर्न र मन्त्रालयको गरिमालाई उँचो राख्न उच्च मनोबल सहित कार्यसम्पादनमा सक्रियतापूर्वक लाग्ने प्रतिबद्धता जनाएका थिए । मन्त्रालयले आउँदो आइतबारसम्म सबै शाखा अधिकृतसँग कार्यसम्पादन सम्झौता गरिसक्ने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू