अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१९ | Colorodo: 20:34

माग पुरा नभएसम्म संसदमा अवरोध जारी रहन्छ – लक्ष्मणलाल कर्ण

बिआरटीनेपाल २०७६ साउन १९ गते १०:२४ मा प्रकाशित

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका शीर्ष नेता तथा संसदीय सुनुवाई समितिका सभापति लक्ष्मणलाल कर्णले सर्लाही घटनाको विषयमा संसदीय छानबिन समिति गठन र लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरेसम्म संसदमा अवरोध जारी रहने चेतावनी दिनुभएको छ ।

आइतबार रिपोर्टर्स क्लव नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा उहाँले संसदमा अवरोध गर्ने आफूहरुको ईच्छा नरहे पनि सरकारले बाध्य तुल्याएको बताउनुभयो । सभामुखले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई तीन पटकसम्म निर्देशन दिएको स्मरण गराउँदै कर्णले अझै पनि सरकारले उक्त प्रतिवेदन सार्वजनिक नगरेकोमा आपत्ति जनाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू