अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२७ | Colorodo: 07:42

नेपालमा भित्रियो बिजुली र इन्धनबिनै पानी तान्ने पम्प

बिआरटीनेपाल २०७६ साउन १६ गते १०:१२ मा प्रकाशित

नेपालमा े बिजुली र पेट्रोलियम पदार्थको प्रयोग नगरी चल्ने पम्प भित्रिएको छ । खानेपानीमन्त्री बीना मगरले बिजुली र पेट्रोलियम पदार्थको प्रयोग नगरी खोलानाला नदीको पानी तानेर सिँचाइ तथा खानेपानीका लागि प्रयोग गर्न सकिने प्रविधिको निरीक्षण गर्नुभएको छ । ललितपुरको गोदावरी नगरपालिका अन्तर्गत ठैब र गोदावरीस्थित उक्त प्रविधि सञ्चालनमा ल्याइएको छ । नेशनल एग्रिकल्चर एण्ड फरेष्ट्री प्रालिले पम्पको माध्यमबाट बिना बिजुली र इन्धन पानी तान्ने पम्प प्रविधि नेपालमा भित्र्याएको छ ।

कम्पनीका प्रबन्ध निर्देशक गौतम महर्जनले यस्तो प्रविधि नेदरल्याण्डबाट आयात गरिएको जानकारी दिनुभयो । नेपालका विभिन्न पहाडी इलाकामा यस प्रविधिको माध्यमबाट पानी तानेर गाउँबस्तीमा सिँचाइ र पिउनका लागि सहज बनाइएको प्रबन्ध निर्देशक महर्जनले बताउनुभयो । कम्पनीले वर्षा र पापा पम्प नामकरण गरी प्रविधिको प्रयोग गरिरहेको छ ।

पापा पम्पबाट पहाडतिर घट्ट चलाएजस्तो पम्प चलाएर ५० मिटरदेखि १५० मिटर ठाडो उचाइमा पानी तान्न सकिने महर्जनले जानकारी दिनुभयो । यस पम्पबाट पानी तानेर सिँचाइ र माछापालन गर्न सकिने उहाँको भनाइ छ । महर्जनले यो सबैभन्दा सस्तो प्रविधि भएको दाबी गर्नुभयो ।

अवलोकनपछि मन्त्री मगरले यस किसिमको प्रविधि नेपालको हरेक गाउँ बस्तीमा निकै उपयोगी हुने बताउनुभयो । यस किसिमको नयाँनयाँ प्रविधिको प्रवद्र्धनमा सरकारले सहयोग गर्ने उहाँको भनाइ थियो । सो अवसरमा मन्त्री मगरसँगै खानेपानी विभागका महानिर्देशक सुनिलकुमार दास र ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिका कार्यकारी निर्देशक लिलाप्रसाद ढकाल पनि सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू