अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५६ | Colorodo: 11:11

पोखराको पश्चिमाञ्चल सामुदायिक अस्पतालमा सुत्केरीको मृत्यु, तनाव उत्पन्न

बिआरटीनेपाल २०७६ साउन १० गते ९:४३ मा प्रकाशित

अत्यधिक रक्तश्रावले सुत्केरीको मृत्यु भएपछि पोखराको पश्चिमाञ्चल सामुदायिक अस्पतालमा तनाव भएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका ७, लान्द्रुक घर भई पोखरा १४, चाउथे बस्दै आएकी ३३ वर्षीया सुत्केरी निशाकुमारी थापालाई शुक्रबार बिहान ४ बजे अस्पतालले मृत घोषणा गरेको हो ।

सुत्केरीको रक्तश्राव भइरहेको जानकारी हुँदाहुँदै उपचारमा संलग्न डाक्टर र नर्सले लापरवाही गरेकाले मृत्यु सम्मको अवस्था आएको निशाका आफन्तले आरोप लगाएका छन् । आन्दोलनको तयारीसहित अस्पताल परिसरमा सयौं मान्छेको भीडभाड भएपछि वडा प्रहरी कार्यालय बैदामबाट प्रहरीको टोली सुरक्षाका निम्ति खटिएको छ ।

अस्पताल र उपचारमा संलग्न चिकित्सकले गल्ती स्वीकार गरी उचित क्षतिपूर्तिको व्यवस्था हुनुपर्ने पीडित पक्षको माग छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू