अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०७ | Colorodo: 20:22

५ करोड रुपैयाँभन्दा बढी मूल्यको लागुऔषधसहित विदेशी नागरिक पक्राउ

बिआरटीनेपाल २०७६ साउन ५ गते ८:०१ मा प्रकाशित

प्रहरीले ५ करोड रुपैयाँभन्दा बढी मूल्यको लागू औषध ‘एम्फेटामाईन’ (आइसिइ) बरामद गरेको छ । लागू औषध नियन्त्रण ब्युरोले ४ किलो २ सय ग्राम आइसीइसहित पोर्चुगलका २६ वर्षीय टाइगो मेन्डेस पेरेरालाई पक्राउ गरेको हो । लागू औषध नियन्त्रण ब्यूरोले आईतवारपत्रकार सम्मेलन गरी लागू औषध आइसिइ र अभियुक्त पेरेरालाई सार्वजनिक गरेको हो ।

गत बुधबार नेपाल आएका उनी एयर इन्डियाबाट दिल्ली हुँदै जापान जान लागेको अवस्थामा गत शुक्रबार त्रिभुवन विमानस्थलबाट पक्राउ परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार यति ठूलो मूल्य बराबरको लागूऔषध एकै पटकमा बरामद भएको हो यो पहिलो पटक हो ।

प्रहरीका अनुसार आइसिइ शारीरिक उत्तेजना बढाउनका लागि उच्चस्तरको लागुऔषध भएको र उच्च घरानीयाहरु तथा खेलाडीले यसको प्रयोग गर्ने गर्दछन् । बर्मा र थाइल्याण्डबाट आइसिइ नेपाल भित्रिने र यहाँबाट अन्य मुलुकमा पु¥याउने गिरोह सक्रिय रहेको पनि ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू