अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४४ | Colorodo: 21:59

युवाको उमेर १८ देखि ३५ वर्ष राख्न सरकारको प्रस्ताव

बिआरटीनेपाल २०७६ साउन ४ गते ६:५२ मा प्रकाशित

सरकारले युवाको उमेर १८ देखि ३५ बर्ष राख्न प्रस्ताव गरेको छ । सरकारले युवा समूहको हालको कायम उमेरमा पाँच वर्ष घटाउने प्रस्ताव गरेको छ । राष्ट्रिय युवा परिषद्ले तयार पारेको ‘राष्ट्रिय युवा परिषद् ऐन–२०७२’ को पहिलो संशोधनमा युवाको उमेर १८ देखि ३५ वर्षलार्ई राख्न प्रस्ताव गरिएको छ ।

परिषद्का उपाध्यक्ष माधव ढुंगेलले अन्तर्राष्ट्रिय प्रचलनअनुसार नेपालमा पनि युवाको उमेर समूहमा पाँच वर्ष कम गरेर परिभाषित गर्न थालिएको जानकारी दिनुभयो । अहिले भने परिषद्को ऐनमा युवाको उमेर १६ देखि ४० वर्षलाई परिभाषित गरिएको छ । युवाको उमेर घटाउने प्रस्तावसहितको ऐन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पेस गरिएको छ ।

परिषद्को ऐनमा युवाको उमेर ३५ वर्ष कायम गरे राष्ट्रिय युवा नीति र युथ भिजन–२०२५ मा पनि युवाको उमेर स्वतः ३५ वर्षमा झारिने छ । अहिले १६ देखि ४० वर्षसम्मलाई युवाको उमेर मान्दा कुल जनसंख्याको ४०.३ प्रतिशत युवाको रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू