अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०१ | Colorodo: 04:16

बुद्धमूर्ति तोडफोडको घटना सरकारले छानबिन गर्ने

बिआरटीनेपाल २०७६ साउन २ गते ९:४६ मा प्रकाशित

रुपन्देहीको बेलहिया सडकखण्डको बगैंचाक्षेत्रमा राखिएका पाँचवटा बुद्ध मूर्ति तोडफोडको घटनाबारे सरकारले छानबिन गर्ने भएको छ । बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बुद्धमूर्ति तोडफोडको घटना छानबिन हुने बताउनुभयो । सञ्चारकर्मीहरुले उक्त घटनाबारे प्रश्न गरेपछि बाँस्कोटाले छानबिन थाल्ने जानकारी गराउनुभएको हो ।

बुधवार राति सडक लेनमा राखिएका सुनौला रंगका २२ मूर्तिमध्ये ५ वटा तोडफोड गरी स्तम्भबाट ढालिएको छ । यो सडकखण्डको बगैँचा क्षेत्रमा नगरपालिकाले २२ वटा बुद्धमूर्ति राखेको नगरप्रमुख बासुदेव घिमिरेले जानकारी दिनुभयो । मूर्ति तोडफोडमा संलग्नको खोजीका लागि प्रहरीसँग समन्वय गरिएको उहाको भनाई छ । बुद्ध मूर्ति राख्न तिलोत्तमा नगरपालिकाले ५० लाख रुपैयाँ खर्च गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू